भट्ट र अग्रवाललाई अनुसन्धान गर्न ३० दिन माग्दा अदालतले दियो ७ दिनको म्याद

काठमाडौं । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालमाथि अदालतले अनुसन्धान गर्न सात दिनको म्याद थप गरेको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतले न्यायाधीश तीलकबहादुर कार्कीको इजलासले ७ दिनको म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ३० दिनको समय मागेर म्याद थपका लागि दुवै जनालाई अदालतमा उपस्थित गराएको थियो । तर, अदालतले भने ७ दिनको मात्रै म्याद दिएको हो ।

यसअघि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागले  नेपाल प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी)को समन्वयमा व्यवसायी भट्टलाई चैत १९ गते काठमाडौंबाट पक्राउ गरेको थियो  । 

त्यसपछि चैत २२ गते शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका थिए ।

Share News