लागुऔषध कारोबारीले जेनजी आन्दोलनमा लुटिएको पेस्तोलले प्रहरीमाथि चलाए गोली

काठमाडौं । जेनजी आन्दोलनमा लुटेको हतियार किनेर लागुऔषध कारोबारीले प्रहरीमाथि गोली चलाएका छन्।

काठमाडौंको साँखुमा लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि खोजतलास तथा नियन्त्रण गर्न प्रहरी पुगेका थिए । 

सोही क्रममा भीडन्त हुँदा एक जना घाइते भएको र अर्का व्यक्ति नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

कारोबारीले प्रहरीमाथि गोली चलाएकाले आत्मरक्षाको निम्ति प्रहरीले गोली चलाएकाे हो ।

घटनास्थलबाट एउटा पेस्तोल र तीन राउण्ड गोलीसहित उनीहरू पक्राउ परेका छन् । ब्यूरोका अनुसार कारोबारीले जेनजी आन्दोलनमा लुटिएको हतियार प्रयोग गरेका थिए ।

Share News