नेप्सेले सीडीएससीका सीईओ पन्दाकलाई फिर्ता बोलायो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) की प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ । शुक्रबार (आज) बिहान बसेको सञ्चालक समितिको बैठकले पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेको गरेको हो । 

यसअघि पन्दाकलाई नेप्से सञ्चालक समितिले नै निर्णय गर्दै उनलाई सीईओको जिम्मेवारी तोकेको थियो ।

सीईओमा कार्यरत छँदा सूचीकृत कम्पनीलाई २ आइजिन दिने नीति बनाउने तयारी गरेपछि पन्दाक विवादित भएकी थिइन् । 

Share News