काठमाडौं । प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ ।
पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो ।
राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका पाण्डेलाई पक्राउ गरेको सीआईबी प्रमुख डा. मनोज केसीले विकासन्युजलाई जानकारी दिए ।
२०७९ सालको निर्वाचनमा चितवन- ३ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका पाण्डे निर्माण कम्पनी कालिका ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक हुन् ।
सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको प्रकरणमा अनुसन्धानका लागि पाण्डेलाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।
सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको भन्दै पाण्डेविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा उनी ४ करोड धरौटी बुझाएर रिहा भएका थिए ।