काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ९ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ६० अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व प्राप्त भएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार वीरगञ्ज नाकाबाट उक्त अवधिमा १ खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ बराबरका ५ किसिमका पेट्रोलियम पदार्थ आयात गरेर उक्त रकम राज्यकोषमा दाखिला भएको हो ।
उक्त अवधिमा ८ लाख ८ हजार ७४५ किलोलिटर डिजेल, ३ लाख ५९ हजार ८४६ किलोलिटर पेट्रोल २२ करोड ४८ लाख ७५ हजार २६६ किलोग्राम एपपी ग्यास आयात भएको छ ।