काठमाडौं । थापाथली स्थित सुकुम्बासी बस्ती हटाउने अभियान अन्तर्गत डोजर पुगेको छ। बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत बस्ती हटाउन सरकारले शनिबार बिहानदेखि अभियान सुरु गरेको हो ।
डोजर आइपुगेसँगै प्रहरी टोली बस्तीभित्र प्रवेश गरी घर-घरमा माइकिङ गर्दै स्थानीयलाई बाहिर निस्कन आग्रह गरिरहेको छ । सबैलाई सुरक्षित रूपमा बाहिर निकाल्न सुरक्षाकर्मी परिचालन गरिएको छ भने डोजरले अनधिकृत घरटहरा भत्काउन सुरु गरेको छ ।
सरकारले राजधानीका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाउने निर्णयअनुसार पहिलो चरणमा थापाथली क्षेत्रमा कार्य अघि बढाएको हो ।