काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमराज जोशी नियुक्त भएका छन् ।
सोमबार (आज) बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
नवनियुक्त सीईओ जोशीको कार्यकाल आजैदेखि लागू हुने गरी तोकिएको हो ।
‘घ’ वर्गको राष्ट्रियस्तरको यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय बागलुङमा रहेको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त यस संस्थाले ग्रामीण भेगमा वित्तीय पहुँच पुर्याउँदै आएको छ ।