काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा २ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा २०.७८ प्रतिशत बढेको हो ।
समीक्षा अवधिमा बैंकले ६ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ३३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब ४० करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ८ अर्ब ८३ करोड रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ९४ करोड रुपैयाँ गरेको छ ।
गत वर्षको चैत मसान्तसम्ममा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब २० करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ८ अर्ब १५ करोड रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ३८ करोड रुपैयाँ थियो ।
चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा २ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता २०.९८ प्रतिशत रहेको छ । १८ अर्ब २९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।
चालु आवको चैत मसान्तसम्म बैंकले ३ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।
गत वर्षको चैतमा ४.०४ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर ३.७१ प्रतिशतमा झारेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १७.६२ रुपैयाँ रहेको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी १५.१३ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २१६.७३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २२.२५ गुणा छ ।