घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

सोमबार ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १०० रुपैयाँ घटेको हो । 

हिजो ५ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९४५ रुपैयाँमा झरेको छ । 

Share News