विकासन्युजको समाचारका नेक्साको खण्डन

काठमाडौं । विकासन्युज डटकममा चैत २६ गते प्रकाशित ‘कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन–कुन कन्सल्टेन्सी परे ?’ शीर्षकको समाचारको खण्डन प्राप्त भएको छ । नेपाल शैक्षिक परामर्श सेवा संघबाट समाचारको खण्डन प्राप्त भएको छ । 

समाचारमा उल्लेख गरिएका सूचना र तथ्यहरु सूचनाको अधिकार (आरटीआई) प्रयोग गरी शिक्षा मन्त्रालयबाट प्राप्त गरेको उल्लेख गरिएको र ठगिएका विद्यार्थीको समेत धारणा लिएर लिएर बनाएको समाचार गलत र भ्रामक होइन भन्ने प्रष्ट पार्न चाहन्छौं । 

विकासन्युज डटकम विश्वसनीय र सत्यतथ्यमा आधारित समाचार सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यम भएको जानकारी गराउँदै नेपाल शैक्षिक परामर्श सेवा संघले नेपाल प्रेस काउन्सिललाई बोधार्थ दिएर पठाएको खण्डनलाई जस्ताको त्यस्तै प्रकाशित गरेका छौं । 

Share News