नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षबाट सुरेन्द्र कुमार पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीका सञ्चालक समिति अध्यक्ष सुरेन्द्र कुमार पौडेलले पदबाट राजीनामा दिएका छन् ।

पौडेलले गत चैत २० गतेदेखि लागू हुनेगरी अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

उनको राजीनामा वैशाख १ गते अर्थमन्त्रीस्तरीय बैठकले स्वीकृत गरेको स्रोतले जनाएको छ ।

नेपाल पुनर्बिमा कम्पनीमा नेतृत्व परिवर्तनसँगै नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।   

Share News