७५ वर्षीय वृद्धको हत्या गर्ने जेनजी आन्दोलनमा फरार विक पक्राउ

काठमाडौं । नवलपरासीमा वृद्धको हत्या गर्ने फरार कैदी पक्राउ परेका छन् । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुकेधाराबाट सञ्जय विकलाई नियन्त्रणमा लिएको हो ।  

गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा उनी कास्की कारागारबाट फरार भएका थिए ।

विकले गत वर्षको चैत २३ गते देवचुली १६ निवासी ७५ वर्षीय जिउनराम थनेतको हत्या गरेका थिए । 

विकले नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुलीकोटाँगीकोटमा ७५ वर्षीय जिउनराम थनेत र ७१ वर्षीया गुलबसनिया थनेतको टाउकोमा प्रहार गरी अचेत बनाएर सुनका गरगहना समेत लुटेका थिए । 

थनेतका आफन्तले उनीहरूलाई तत्कालै आफन्तले पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेका थिए ।

जिउनराम थनेतको उपचारको क्रममै मृत्यु भएको थियो । श्रीमती गुलबसनिया थनेतको भने नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । 

उक्त घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रदेशप्रहरी कार्यालय पोखरा एवं जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) समेतको संयुक्त अनुसन्धान टोली परिचालन भई अनुसन्धान गरेको थियो ।

नवलपुर जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप गरी कर्तव्य ज्यानसम्बन्धी कसूरमा अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

Share News