चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभी ग्राहकलाई हस्तान्तरण

काठमाडौं । शुक्रबारदेखि सुरु भएको ‘चितवन अटो शो २०२६’ मा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. अन्तर्गत चितवनका लागि टाटा कारको आधिकारिक विक्रेता सफल मोटर्सले आकर्षक अफरसहित आफ्ना विद्युतीय गाडीहरू प्रदर्शनमा राखेको छ ।

उक्त अटो शोमा टाटा टियागो ईभी र टाटा पन्च ईभीप्रति ग्राहकहरूको उल्लेखनीय आकर्षण देखिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा यी नयाँ गाडीहरू ग्राहकलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

भरतपुर–१० स्थित चितवन एक्स्पो सेन्टरमा जारी अटो शोको अवलोकन गर्दै मुख्यमन्त्री बानियाले सिप्रदीको प्रदर्शनी कक्ष भ्रमण गरी नयाँ ग्राहकहरूलाई टाटाका विद्युतीय गाडीहरूको साँचो हस्तान्तरण गरेका थिए ।

यसपटकको प्रदर्शनीमा हल नम्बर १ को स्टल नम्बर ५ मा टाटाका विभिन्न ईभी मोडेलहरू प्रदर्शनमा राखिएका छन् । अत्याधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड र किफायती सञ्चालन खर्चका कारण टाटाका यी विद्युतीय गाडीहरू अवलोकनकर्ताको मुख्य आकर्षण बनेका छन् ।

कम्पनीका अनुसार भविष्यको सुरक्षित र वातावरणमैत्री यात्राका लागि यी गाडीहरू उत्कृष्ट विकल्पका रूपमा स्थापित भइरहेका छन् । इच्छुक ग्राहकहरूले अटो शो अवधिभर हल नम्बर १, स्टल नम्बर ५ मा पुगेर थप जानकारी तथा विशेष अफरका साथ टाटा गाडी खरिद गर्न सक्नेछन् ।

Share News