काठमाडौं । बुढानीलकण्ठबाट पेस्तोलसहित लागुऔषध कारोबारी पक्राउ परेका छन् ।
बिहीबार लागुऔषध ब्यूरोबाट खटिएको प्रहरी टोलीले २३ वर्षीय कविर देउला, ४२ वर्षीया सबिना पोडे, २६ वर्षीया संसार सिटौला र २६ वर्षीय सुबास शाहीलाई पक्राउ गरेको हो ।
लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लागु ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
काठमाडौंको बुढानीलकण्ठ ५ लगायत विभिन्न स्थानबाट लागुऔषध कारोबारीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए ।
ब्यूरोका अनुसार ट्रामाडोल १६,७५० क्याप्सुल, पेस्तोल १ थान, म्यागजिन ३ थान, गोली राउण्ड ४ र एसएलआरको गोली २ राउण्डसहित पक्राउ गरिएको छ ।