बल्खु खोलामा मृत भेटिएका राईलाई पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल पठाइयो

काठमाडौं । सुकुम्बासी बस्तीमा एक जना व्यक्ति मृत भेटिएका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार मृतक खोटाङ घर भएका ६१ वर्षीय इन्द्रबहादुर राई हुन् ।

दुई घण्टा अगाडि बल्खु खोलाबाट बग्दै गरेको अवस्थामा शव निकालिएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

हिजोदेखि नियमित देखिने ठाउँमा नदेखिएका हराएको भन्ने खबर पाएको उनले बताए ।  ‘परिवारसँग नबसी उनी बाहिर–बाहिर हिँड्ने गरेका थिए,’ उनले भने । 

उनको परिवार सुकुम्बासी बस्तीमा बस्दै आएको छ ।

घटनास्थलबाट शवको मुचुल्का गरेर पोष्टमोर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको उनले जानकारी दिए । राईको मृत्युको कारण भने नखुलिसकेको उनको भनाइ छ ।

Share News