एक दशकभित्रै नेपालमा ९ प्रतिशतको वृद्धिदर सम्भव छः पूर्वअर्थमन्त्री खनाल


काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा मुख्य चारवटा संरचनागत समस्या औंल्याएका छन् ।

बाह्रखरी मिडियाद्वारा आयोजित कार्यक्रममा खनालले नेपाल स्रोत र साधनले सम्पन्न भए तापनि गलत नीति र संस्थागत कमजोरीका कारण ‘धनी देशको गरिब नागरिक’ भएर बस्नुपरेको टिप्पणी गरेका हुन् । 

खनालले पहिलो, ‘वित्तीय अक्षमता’ का कारण घोषणा गरिएको पुँजीगत बजेटको ५५ प्रतिशतभन्दा कम मात्र खर्च हुने गरेको उनको भनाइ छ ।

दोस्रो, भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरले गर्दा नेपालले स्वतन्त्र मौद्रिक नीति प्रयोग गर्न नपाएको उनले उल्लेख गरे  । 

तेस्रो, कर्जा बजार उत्पादक क्षेत्रभन्दा घरजग्गा र व्यापारमा केन्द्रित भएको तथा चौथो, कमजोर सुशासन र झन्झटिलो प्रशासनिक संयन्त्रले गर्दा लगानीकर्ताहरू हतोत्साहित भइरहेको उनले निदान गरे । 

Share News