कास्कीमा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं । कास्कीको रुपा गाउँपालिकामा आफ्नै बुबाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ३४ वर्षीय छोरा भीमबहादुर भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।

बुबा ६२ वर्षीय रामबहादुर भुजेलको हत्या गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका कास्कीका डीएसपी हरिबहादुर बस्नेतले बताए । गत १७ वैशाखमा उनले रामबहादुरलाई घाँटीमा गलबन्दीले थिचेर घाइते बनाइ फरार भएका थिए ।

प्रहरीका अनुसार घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगेको अवस्थामा भुजेल आफ्नै घरमा अचेत अवस्थामा फेला परेका थिए । उद्धार गरी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 

Share News