हिरासतमा रहेका दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले विचौलिया दीपक भट्टलाई अदालतमा उपस्थित गराउनका आदेश दिएको छ ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले यस्तो आदेश दिएको हो ।

भट्टपत्नी आयुस्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै भट्टलाई अदालतमा उपस्थित गराउन आदेश गरेको हो ।

भट्ट सम्पत्ति शुद्धीकरण र गोल्छा सीआईबीको हिरासतमा छन् । उनी चैत १९ गते सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका थिए ।

भट्टले हिमालयन रि–इन्स्योरेन्स र यसका सहायक कम्पनीबाट ३ अर्ब ८१ करोड दुरुपयोग गरी नेपाल रि–इन्स्योरेन्सलगायत कम्पनीको सेयर किनेको पुष्टि भएको छ । 

बीमा प्राधिकरणले छानबिन गरेर भट्टमाथि कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभागलाई सिफारिस गरेको थियो । सोही अनुसार उनी पक्राउ परेका हुन् । 

Share News