काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा छापा मारेको छ । सम्पत्ति शुद्धीकरण विभागले अवैध सम्पत्ति लुकाएर राखेको आशंकामा उनको घर र कार्यालयमा छापा मारेको हो ।
हेटौंडाको सानोपोखरामा रहेको उनको बानियाँ निर्माण सेवा (बीएनएस), त्यहीँ रहेको उनको घरमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिइएको बुझिएको छ भने काठमाडौंको नक्साल र सुन्धारामा पनि विभागले छापा मारेको हो ।