काठमाडौं । मनोज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न निर्वाचनमा उनले ५ मत प्राप्त गर्दै प्रतिस्पर्धीलाई पराजित गरेका हुन् । पौडेल नेपाल-मलेसिया उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेका थिए ।
द्वीराष्ट्रिय उद्योग वाणिज्य संघ अन्तर्गत एक सदस्यका लागि भएको प्रतिस्पर्धामा नेपाल-जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द कुँवर पनि उम्मेदवार रहेका थिए । तर, उनी निर्वाचनमा पराजित भए ।