काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वस्तुगततर्फ १६ कार्यकारिणी सदस्य पदका लागि मंगलबार सम्पन्न निर्वाचनमा १३ जना निर्वाचित भएका छन् भने बाँकी ३ जनाबीच गोलाप्रथाबाट टुंगो लगाइने भएको छ ।
निर्वाचन परिणामअनुसार अरनिको राजभण्डारीले सर्वाधिक ७० मत प्राप्त गरी विजयी भएका छन् । यस्तै, विदुर धमलाले ६८ मत, सागर ढकालले ६८ मत, रवीन पुरीले ६६ मत, राजकुमार कार्कीले ६३ मत, पशुपतिदेव पाण्डेले ६२ मत, लिलेन्द्र प्रधानले ६२ मत, भक्तबहादुर हमालले ५६ मत, नानिराज घिमिरेले ५२ मत, संघर्ष बिष्टले ५१ मत र होमप्रसाद घिमिरेले ५१ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
महिला सदस्यतर्फ सुनिता नेहाफुकीले ५४ मतसहित विजय हासिल गरेकी छिन् ।
यसैगरी, निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५०-५० मत प्राप्त गरेका छन् । उनीहरूबीच गोलाप्रथामार्फत कार्यकाल निर्धारण गरिने भएको छ । यी ४ मध्येबाट ३ जनाले गोलाप्रथाबाट जित्ने छन् ।
वस्तुगततर्फ उपाध्यक्ष पदका लागि शिवप्रसाद घिमिरे र नरेशलाल श्रेष्ठ आ-आफ्नो समूहसहित प्रतिस्पर्धामा उत्रिएका थिए ।
निर्वाचित हुनेमा अरनिको राजभण्डारी, रवीन पुरी, राजकुमार कार्की, नानिराज घिमिरे, संघर्ष बिष्ट, होमप्रसाद घिमिरे र सुनिता नेहाफुकी सदस्यहरूमध्ये घिमिरे समूहबाट उम्मेदावर थिए ।
त्यसैगरी, विदुर धमला, सागर ढकाल, पशुपतिदेव पाण्डे, लिलेन्द्रप्रसाद प्रधान र भक्तबहादुर हमाल श्रेष्ठ समूहबाट उम्मेदवार थिए ।
यस्तै बराबर मत ल्याउनेमा रघुनन्दन मारु घिमिरे समूहका उम्मेदवार हुन् भने निराजन चलाउने, विप्लव अधिकारी र सुरज बन्जाडे श्रेष्ठ समूहबाट उम्मेदवार हुन् ।