हिमालयन लघुवित्तद्वारा मालती देवीलाई ३ लाख ऋण मिनाहा रकम भुक्तानी

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बंकुल, रौतहटले बीमा दाबी रकम भुक्तानी गरेको छ ।

रौतहट जिल्ला, मौलापुर नगरपालिका–७ पिपरिया टोलस्थित केन्द्र नं. ४५ की सदस्य श्रीमती मालती देवीका श्रीमान् धुरन साह कानुको मृत्यु भएपछि संस्थाले बीमा क्षतिपूर्ति उपलब्ध गराएको हो ।

श्रीमती मालती देवीले संस्थाबाट ३ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । उनका श्रीमानको निधनपछि संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरिएको छ । साथै कर्जा बीमा अन्तर्गत काजक्रिया खर्च वापत २५ हजार रुपैयाँ समेत थप गरी एकमुष्ट रकम भुक्तानी गरिएको शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले जानकारी दिए ।

संस्थाले आफ्ना सदस्यहरूको हित र संरक्षणका लागि आपतकालीन अवस्थामा विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । दुःखको समयमा आर्थिक सहयोग प्रदान गरेकोमा केन्द्रका सदस्यहरूले संस्थाप्रति धन्यवाद व्यक्त गरेका छन् ।

उक्त रकम मौलापुर नगरपालिका–७ का वडा अध्यक्ष रामपुकार साह र संस्थाका निजगढ अनुगमन प्रमुख सन्दीप बिडारीद्वारा हस्तान्तरण गरिएको थियो । कार्यक्रममा शाखा प्रबन्धक यादव, कर्मचारी रामाशंकर महरा तथा केन्द्रका सदस्यहरूको उपस्थिति रहेको थियो । 

Share News