उद्योग वाणिज्य महासंघको एसोसिएट सदस्यमा प्रियराज रेग्मी निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को एसोसिएटतर्फ कार्यकारिणी सदस्यमा प्रियराज रेग्मी निर्वाचित भएका छन् । एसोसिएटतर्फको १७ सदस्य पदका लागि भएको प्रतिस्पर्धामा रेग्मीले ९५४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

नेपाल स्टक ब्रोकर एसोसिएसनका दुई कार्यकाल अध्यक्ष रहिसकेका रेग्मी पुँजीबजार विस्तारका अगुवा व्यवसायीका रूपमा परिचित छन् । महासंघभित्र रहेर देशको अर्थतन्त्र सुधार, पुँजीबजारको विस्तार तथा व्यवसायीमैत्री नीति निर्माणका लागि सक्रिय भूमिका खेल्ने उनले बताए ।

क्रिस्टल कञ्चनजङ्का सेक्युरिटिजका अध्यक्षसमेत रहेका रेग्मीले चिरायु होल्डिङ्स, खुश्बु इन्भेष्टमेन्ट तथा शुभलक्ष्मी हाइड्रो इन्भेष्टमेन्टलगायत कम्पनीमार्फत लगानी विस्तार र विविधीकरण गर्दै आएका छन् ।

इम्पेरियल पावर र पञ्चकोट हाइड्रोपावरजस्ता जलविद्युत् आयोजनामा समेत उनको लगानी रहेको छ । 

Share News