एनएनएसडब्लू पोर्टलमार्फत टीआईभी डिक्लेरेशन प्रणाली कार्यान्वयनमा

काठमाडौं । भन्सार विभागले एनएनएसडब्लू पोर्टलमार्फत टीआईभी डिक्लेरेशन प्रणाली कार्यान्वयनमा ल्याएको छ । विभागले सबै भन्सार कार्यालयलाई पत्राचार गर्दै उक्त प्रणाली नियमित रूपमा प्रयोगमा ल्याउन निर्देशन दिएको हो ।

विभागको सूचना प्रविधि प्रणाली तथा विकास शाखाका अनुसार २०८३ वैशाख १७ गतेको विभागीय निर्णयअनुसार टीआईभी डिक्लेरेशन पोर्टल सञ्चालनमा ल्याइएको हो ।

नयाँ व्यवस्थाअनुसार अब टीआईभी सम्बन्धी घोषणा एनएनएसडब्लू पोर्टलमार्फत गर्न सकिनेछ । साथै म्यानुअल तथा ई-पेमेन्ट दुवै माध्यमबाट भुक्तानी गर्ने व्यवस्था समेत मिलाइएको विभागले जनाएको छ ।

विभागले सबै भन्सार कार्यालय तथा मातहतका निकायलाई सोही पोर्टलमार्फत टीआईभी सम्बन्धी कार्य नियमित सञ्चालन गर्न अनुरोध गरेको छ ।

null

 

Share News