दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष तथा सदस्य पदका लागि आवेदन खुला गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक जना अध्यक्ष र चार जना सदस्य नियुक्तिका लागि इच्छुक तथा योग्य व्यक्तिबाट दरखास्त आह्वान गरेको हो ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि समेत आवेदन माग गरिएको छ ।

इच्छुक उम्मेदवारहरूले जेठ ५ गते मंगलबार कार्यालय समयभित्र आवश्यक कागजातसहित दरखास्त पेश गर्न सक्ने मन्त्रालयले जनाएको छ । 

Share News