काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले आफ्नो विषयमा प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् ।
उनले सोमबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै सांसद खरेलले म स्विजरल्याण्ड गएको भोलिपल्ट सुटुक्क भागे’ भन्ने आशयमा प्रकाशित समाचार भ्रामक र तल्लोस्तरको पत्रकारिता भएको टिप्पणी गरे । उ
नले उक्त समाचारले आफ्नो राजनीतिक जीवन र पार्टीको अपमान गरेको बताए । ‘यो निरर्थक र तल्लोस्तरको पत्रकारिता हो । मेरो राजनीतिक जीवन र पार्टीप्रति अपमान गरिएको छ,’ उनले भने ।
सांसद खरेलले आफूले कुनै निर्णय वा फाइल अगाडि बढाएको प्रमाण भए राजनीतिक जीवनबाटै बिदा हुन तयार रहेको चुनौती दिए । ‘एउटा मिटिङ, एउटा फाइल अगाडि बढाउने निर्णय भएको छ भने म राजनीतिक जीवनबाट बिदा हुन सक्छु,’ उनले भने ।
उनले समाचार लेख्ने सञ्चारमाध्यम, सम्पादक तथा सञ्चालकलाई कारवाही हुनुपर्ने धारणा राखे । साथै, प्रेस काउन्सिल नेपाललाई अझ शक्तिशाली बनाउन आवश्यक रहेको धारणा पनि उनले राखे ।