काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक सञ्चालन भएको छ ।
सोमबार केहीबेरअघि सुरु भएको प्रतिनिधिसभा बैठकको सुरुमै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाउँदै अवरोध गरेका थिए ।
बैठक प्रारम्भ हुनासाथ विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले संसद् सञ्चालनमा सहयोग गर्न र अवरोध हटाउन आग्रह गरेका थिए । त्यसपछि सदन सुरु भएको छ ।