काठमाडाै । सरकारले ‘रोजगार प्रवर्द्धन दशक’ घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेको हो ।
वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रुपान्तरण गर्न आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्म रोजगार प्रवर्द्धन दशक घोषणा गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यस्तै औद्योगिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा रुपान्तरण गर्दै श्रमिकको अधिकार संरक्षण गरिने भएको छ ।