काठमाडौं । सरकारले मध्यपहाडी लोकमार्ग आसपासका शहरलाई पहिचान युक्त सहरी केन्द्रका रूपमा विकास गर्ने भएको छ ।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जग्गा विकास, पूर्वाधार निर्माण तथा स्थानीय आर्थिक सम्भावनासँग जोडेर उक्त क्षेत्रको सहरी विकास अघि बढाइने बताएका हुन् ।
त्यसैगरी सबै नयाँ निर्माणमा भूकम्पप्रतिरोधी संरचना, अग्नि सुरक्षा तथा आधुनिक पूर्वाधार मापदण्ड लागू गरिने नीति लिइएको छ ।
सरकारले जेनजी आन्दोलन तथा जाजरकोट भुकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माणलाई समेत प्राथमिकतामा राखेर अघि बढाइने जनाएको छ ।