ग्राहकसँग प्रत्यक्ष संवादमा फोटोन नेपाल, सेवा सुधारमा जोड

काठमाडौं । एमएडब्लू वृद्धि अन्तर्गतको फोटोन मोटर नेपालले ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन्समा ‘कस्टमर मिट एण्ड ग्रिट’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

वैशाख २५ गते आयोजित उक्त कार्यक्रममा काठमाडौं उपत्यकाका विद्यमान ग्राहक, सम्भावित खरिदकर्ता, फ्लीट सञ्चालक, व्यवसायिक अपरेटर तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्य ग्राहकहरूको अनुभव, अपेक्षा र सुझावलाई प्रत्यक्ष रूपमा बुझ्नु रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा सहभागी ग्राहकहरूले आफ्नो स्वामित्व अनुभव, सेवा आवश्यकताहरू तथा सुधारका लागि सुझावहरू खुलेर साझा गरेका थिए । साथै सम्भावित खरिदकर्ताहरूले फोटोनका विभिन्न कमर्सियल सवारीसाधनबारे जानकारी लिनुका साथै कम्पनी प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएका थिए ।

कम्पनीका अनुसार यस्तो प्रत्यक्ष अन्तरक्रियाले बिक्रीपछि पनि ग्राहकसँगको सम्बन्ध मजबुत बनाउने विश्वास लिइएको छ ।

कार्यक्रममा आफ्टर–सेल्स सेवा प्रमुख छलफलको विषय बनेको थियो । ग्राहकहरूले सेवा पहुँच, स्पेयर पार्ट्स उपलब्धता, मर्मत गुणस्तर तथा प्रतिक्रिया समयबारे आफ्ना धारणा राखेका थिए । कम्पनीले यी सुझावहरूलाई सेवा मापदण्ड सुधार र ग्राहक अनुभव थप प्रभावकारी बनाउन प्रयोग गर्ने जनाएको छ ।

कमर्सियल ईभीको प्रयोग बढ्दो क्रममा रहेको सन्दर्भमा फोटोन नेपालले आफ्नो ईभी इकोसिस्टम र आफ्टर–सेल्स सपोर्ट नेटवर्कबारे ग्राहकहरूलाई आश्वस्त पार्दै सेवा विस्तारप्रति प्रतिबद्धता दोहोर्याएको छ ।

फोटोन नेपालको देशव्यापी नेटवर्कमार्फत ग्राहकहरूलाई विश्वसनीय सेवा, जेनुइन स्पेयर पार्ट्स तथा दक्ष प्राविधिक सहयोग प्रदान हुँदै आएको कम्पनीले जनाएको छ, जसले शहरी तथा क्षेत्रीय दुवै क्षेत्रमा प्रभावकारी सेवा सुनिश्चित गरिरहेको छ ।

Share News