पोखरामा बजाज चेतक ईभीको नयाँ ‘एक्सपेरियन्स जोन’ सञ्चालन

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी) प्रति ग्राहकको आकर्षण तीव्र रूपमा बढिरहेका बेला बजाज चेतक ईभीले पोखरामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

नयाँबजारमा रहेको ‘चेतक एक्सपेरियन्स जोन’ को उद्घाटन गत बिहीबार भएको हो।

राजधानी बाहिरका ग्राहकहरूलाई सवारीको प्रत्यक्ष अनुभव र उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले यो शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

उद्घाटन समारोहमा गोल्छा ग्रुपका प्रतिनिधिहरूका साथै नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो ।

आधुनिक ईभी प्रयोगकर्ताको बदलिँदो जीवनशैली र आवश्यकतालाई मध्यनजर गर्दै यो एक्सपेरियन्स जोन निर्माण गरिएको हो । 

एक्सपेरियन्स जोनमा टेस्ट राइड, डिजिटल प्रोडक्ट डिस्प्लेमार्फत फिचर्सको जानकारी, दक्ष ईभी विज्ञहरूबाट चार्जिङ समाधान र स्मार्ट फिचर्ससम्बन्धी परामर्श तथा खरिद र एउटै स्थानबाट मर्मत सम्भार सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

उद्घाटन समारोहमा बोल्दै चेतक पोखराका सञ्चालक अघोष मान बुद्धाचार्यले पोखरामा यो प्रिमियम केन्द्रको सुरुवात हुनु विद्युतीय गतिशीलताको क्षेत्रमा महत्वपूर्ण कदम भएको बताए ।

null

Share News