तोलामा ३ हजार ३ सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा बुधबार पहेँलो धातुको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला तीन हजार ३०० रुपैयाँले ओरालो लागेको छ ।
 
मङ्गलबार प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार हुनेगरी निर्धारण गरिएको छ ।
 
यस्तै, चाँदीको मूल्य तोलामा एक सय २५ रुपैयाँले ओरालो लागेको छ । मङ्गलबार प्रतितोला रु पाँच हजार ८५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला चार हजार ९६० रुपैयाँ निर्धारण गरिएको छ । 

Share News