काठमाडौं । नेपाल बैंक लिमिटेड र पोखराको लेकसाइडस्थित डालिया होटेलबीच ग्राहक तथा कर्मचारीलाई सहुलियत दिने उद्देश्यले सम्झौता भएको छ ।
बैशाख २४ गते सम्पन्न उक्त सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहक तथा बैंकका कर्मचारीहरूले डालिया होटेलद्वारा प्रदान गरिने विभिन्न सेवामा १० प्रतिशतदेखि ३५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी तथा होटलका तर्फबाट बिक्री निर्देशक सिता रायमाझीले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट बैंकका ग्राहक तथा कर्मचारीहरू सहुलियतपूर्ण सेवाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।
नेपाल बैंक लिमिटेडले हाल देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । आधुनिक प्रविधि र युवा जनशक्तिमार्फत गुणस्तरीय सेवा दिँदै बैंक प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको जनाएको छ ।
यसैबीच, नेपाल बैंक लिमिटेड र नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ स्थित कोटबारी होटेल प्रा.लि. बीच पनि छुट सम्बन्धी सम्झौता भएको छ ।
भदौ ११ गते सम्पन्न उक्त सम्झौताअनुसार बैंकका कर्मचारी, उनका परिवारका सदस्य तथा बैंकका ग्राहकहरूले कोटबारी होटेलका विभिन्न सेवामा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
सम्झौतामा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र होटलका तर्फबाट महाप्रबन्धक आनन्द सिंह ठकुरीले हस्ताक्षर गरेका छन् ।