काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमितिमा ६ जना सदस्य मनोनीत भएका छन् । महासंघको विधानअनुसार अध्यक्ष अञ्जन श्रेष्ठले उनीहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेका हुन् ।
महासंघद्वारा मनोनीत सदस्यहरूमा शिवप्रसाद घिमिरे, मनीषलाल प्रधान, नवीन रिजाल, दर्शना श्रेष्ठ, साहारा जोशी र गोकर्ण कार्की रहेका छन् ।
महासंघको विधानअनुसार २ जना महिला सहित ७ जना मनोनीत गर्नुपर्ने व्यवस्था भए पनि हालका लागि ६ जना मात्रै मनोनीत गरिएको हाे ।