काठमाडौं । नेपाल-भारत सीमामा सशस्त्र प्रहरी हाई अलर्ट भएको छ । नेपाल-भारत खुला सीमाबाट अनाधिकृत रुपमा विदेशी नागरिकको प्रवेश हुने आशंकामा प्रहरीले निगरानी बढाएको हो ।
पछिल्लो समय छिमेकी मुलुकमा क्षेत्रीय तनाव बढेपछि नेपालको खुला सीमाबाट अवैध नागरिकको नेपाल प्रवेश हुने आशंकामा सशस्त्र प्रहरी सजग भएको हो । सुरक्षाको उच्च जोखिम रहेको भन्दै सीमामा कडाइ गरिएको प्रहरीका प्रवक्ता विष्णु प्रसाद भट्टले बताए ।
सार्वजनिक रुपमा बाहिर आएजस्तो अवैध रुपमा कुनै पनि विदेशी नागरिक नभित्रिएको उनको भनाइ छ ।
'विशेष सुत्र प्रयोग गरेका छौं । कुनै पनि मुलुकका नागरिक अवैध तरिकाले नेपाल भित्रिएका छैनन्,’ उनले भने, 'खुला सीमामा प्रहरीले सचेत भएर निगरानी बढाएको छ । अवैध नागरिक भित्रिन्छन् भनेर सजगसमेत छौं।'
खुला सीमा भएका जिल्लामा प्रहरी अर्लट भएर सुरक्षा प्रदान गरिरहेको भट्टले बताए । अवैध नागरिक र गतिविधि नहोस् भनेर प्रहरी पूर्ण रुपमा सचेत रहेको उनको भनाइ छ ।
अवैध घुसपैठ रोक्न २४सै घण्टा पेट्रोलिङलाई तीव्र पारिएको सशस्त्र प्रहरीका उनले बताए । सीमामा आवतजावत गर्नेहरूको परिचयपत्र जाँच, अभिलेख राख्ने र शङ्कास्पद स्थानहरूमा सूक्ष्म निगरानीलाई कडाइ गरिएको उनले सुनाए।
भारतफर्तको सीमामा २४९ बीओपी रहेको उनले जानकारी दिए । एक प्लाटुनमा २० देखि ३० जना सुरक्षाकर्मी रहेको भट्टले जानकारी दिए ।
प्रवक्ता भट्टले वीरगञ्ज, जोगबनी, सुनौली, नेपालगञ्ज र रुपैडिया लगायतका ठूल्ठूला नाकामा ६०/७० जना प्रहरीहरू परिचालन गरिएको जानकारी दिए ।
सीमा सुरक्षामा भने सशस्त्र प्रहरीले सुरक्षा दिने गरेको छ । भन्सार र सीमामा सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्दै आएको छ ।
त्यसैगरी, भन्सार सम्बन्धी प्रचलित ऐन अनुसार कानुनबमोजिम काम गरिरहेको उनले बताए । व्यापारिक प्रयोजनका लागि सामान आयात गर्नेलाई कडाइ गरिएको उनले बताए । सर्वसाधारण नागरिकलाई सामान आयात गर्दा सीमामा बाहिर आएजसरी कडाइ नगरिएको उनले उल्लेख गरे ।