वरिष्ठ उपाध्यक्षको दौडबाट हेमराज ढकाल ‘ब्याक’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकालले अन्ततः आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

शुक्रबार (आज) ढकालले उम्मेदवारी फिर्ता लिने निर्णय गर्दै अब वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघईलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

ढकालको उम्मेदवारी फिर्तासँगै अब वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघई र सुरकृष्ण वैद्यबीच मात्र प्रतिस्पर्धा हुने भएको छ । 

यसैबीच कोषाध्यक्ष पदका लागि भने मनिषलाल प्रधान र अम्बिका प्रसाद पौडेलबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

यससँगै महासंघको निर्वाचन समीकरणमा नयाँ मोड आएको छ । अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वको टिमलाई दबाब परेको छ । श्रेष्ठ टिमबाट वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य र कोषाध्यक्ष पदमा मनिषलाल प्रधान चुनावी मैदानमा छन् ।

त्यस्तै, निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र एशोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डे पक्षको समर्थन वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघई र कोषाध्यक्ष उम्मेदवार अम्बिका प्रसाद पौडेललाई रहेको स्रोत बताउँछ । 

Share News