सिक्री लुट्दै हिँड्ने र किन्नेसहित दुई जना पक्राउ

काठमाडौं । महिलाले लगाएको सुनको सिक्री लुट्दै हिँड्ने र खरिद गर्नेसहित दुई जना पक्राउ परेका छन् । 

सिक्री लुट्ने ४६ वर्षीय रामकुमार तामाङ र लुटेको सुन खरिद गर्ने सुन पसल सञ्चालक ६३ वर्षीय किशोर थापा पक्राउ परेका हुन् ।

तामाङले गत २४ गते चावहिलको आकाशे पुलमा महिलाले लगाएको सुनको सिक्री लुटेका थिए । त्यसैगरी उनले शनिवार साँझ बसुन्धाराको कल्कीनारायण मन्दिर दर्शन गर्न आएकी महिलाको सुनको सिक्री लुटेका थिए ।

परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शनिबार थापालाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा नियन्त्रणमा लिएको हो । उनी ललितपुर उपमहानगरपालिका १ का बासिन्दा हुन् ।

लुटेको सुनसहित उनलाई प्रहरीले चावहिलबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ ।

Share News