काठमाडौं । स्रोत नखुलेको १२ लाख रकमसहित दुई जना पक्राउ परेका छन् । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले ५० वर्षीय शंकर साह र ४० वर्षीय प्रमोद कुमार यादवलाई पक्राउ गरेको हो ।
कुलेश्वरमा सूचनाको आधारमा चेकजाँच तथा खानतलासी गर्दा १२ लाख १५ हजार १५ रुपैयाँ बरामद गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार विभिन्न बैंकका ४ थान चेकबुकसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।