‍‍३३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य

काठमाडौं । सरकारले ३३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । 

आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री वाग्लेले बजेटमार्फत देशभर निर्माणाधीन ३ सय ३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको हो ।

यस्तै, निर्माण सुरु नभएका अस्पतालहरूको वैज्ञानिक नक्सांकन तथा पूर्वतयारी कार्य अघि बढाइने र त्यसका लागि ५ अर्ब ९० करोड रुपैयाँ छुट्याइएको छ भने दूरदराजका क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्न कर्णाली र सुदूरपश्चिम प्रदेशमा टेलिमेडिसिन सेवा विस्तार गरिने भएको छ। 

साथै संघीय स्तरमा विशिष्टीकृत अस्पतालअन्तर्गत जलन उपचार केन्द्र स्थापना गरिने घोषणा गरिएको छ।

Share News