काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालमा आफ्नो प्रिमियम मोटरसाइकल पोर्टफोलियोलाई थप मजबुत बनाएको छ ।
कम्पनीले नेपालका लागि आफ्नो आधिकारिक राष्ट्रिय वितरक जगदम्बा मोटर्स प्रालिमार्फत आज नयाँ टीभीएस रोनिन मोनोटोन र टीभीएस रोनिन एगोन्डा भेरियन्टहरू सार्वजनिक गरेको हो ।
नयाँ भेरियन्टहरूले टीभीएस रोनिन लाइनअपमा बोल्ड स्टाइलिङ, विशिष्ट आधुनिक रेट्रो चरित्र र नेपालको द्रुत गतिमा बढिरहेको प्रिमियम मोटरसाइकल खण्डमा बलियो आकर्षण थप गरेका छन् ।
नेपाली बजारका लागि टीभीएस रोनिन मोनोटोन लाइटनिङ ब्ल्याक र म्याग्मा रेड रंगहरूमा उपलब्ध हुनेछ, जसको मूल्य ४ लाख २९ हजार ९०० (एक्स–शोरूम, नेपाल) तोकिएको छ ।
त्यसैगरी, विशेष पर्ल ह्वाइट रंगमा उपलब्ध हुने टीभीएस रोनिन एगोन्डाको मूल्य ४ लाख ३९ हजार ९०० (एक्स–शोरूम, नेपाल) निर्धारण गरिएको छ ।
यस पटक सार्वजनिक गरिएको विशेष ‘एगोन्डा’ संस्करण भारतको गोवाको प्रसिद्ध एगोन्डा बीचको घाम, बालुवा र आत्माबाट प्रेरित भएर तयार पारिएको हो ।
टीभीएस रोनिन मोटरसाइकलहरूमध्ये यो पहिलो भेरियन्ट हो, जसले आधुनिक(रेट्रो प्लेटफर्म कति बहुमुखी हुन सक्छ भन्नेकुरा देखाउँछ ।
यसको फ्युल ट्यांकीमा निलो र रातो रेट्रो पिनस्ट्राइपहरू राखिएका छन्, जसले विशेष कालो टीभीएस स्टालियन (घोडाको) लोगोका साथ उत्कृष्ट ट्रिपल–टोन संयोजन पूरा गर्दछ र सहरमा सबैको ध्यानाकर्षण गर्न पर्याप्त आकर्षक देखिन्छ ।
आधुनिक(रेट्रो स्टाइलिङलाई उन्नत इन्जिनियरिङसँग जोड्दै टीभीएस रोनिनमा परिष्कृत २२५.९ सीसी इन्जिन प्रयोग गरिएको छ, जसले ७ हजार ७५० आरपीएममा २०.४ पीएस पावर र ३ हजार ७५० आरपीएममा १९।९३ एनएम टर्क प्रदान गर्दछ ।
बहुमुखी सवारी अनुभवका लागि निर्मित यस मोटरसाइकलमा कम गतिमा पनि सहज सवारीका लागि ‘ग्लाइड थ्रु टेक्नोलोजी’ (जीटीटी), सहज गियर परिवर्तनका लागि ‘असिस्ट एण्ड स्लिपर क्लच’, र उत्कृष्ट ह्यान्डलिङ एवं आरामका लागि ४१ एमएमको ‘अपसाइड–डाउन’ फ्रन्ट फोर्कहरू रहेका छन् ।
नेपालमा यसको एकमात्र वितरक जगदम्बा मोटर्स प्रालि देशकै सबैभन्दा विश्वसनीय अटोमोबाइल संस्थाहरूमध्ये एक हो, जसले आफ्नो विस्तृत राष्ट्रव्यापी नेटवर्क र उत्कृष्ट ‘आफ्टर–सेल्स सपोर्ट’ मार्फत नेपालको अटोमोबाइल क्षेत्रको वृद्धि, रोजगारी र सीप विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।