आज टिकटकर तुलसा अधिकारीलाई अदालतमा पेश गरिँदै

काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई आज अदालतमा पेश गरिने भएको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता गौतम मिश्रले आज ललितपुर जिल्ला अदालतमा पेश गरिने जानकारी दिए ।

‘आइतबार विदा परेकाले अदालतमा लैजान सकिएन । अदालत खुल्ने भएकाले आजै अदालतमा उपस्थित गराइन्छ,’ उनले भने ।

शनिबार राति १ बजे अधिकारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । इन्टरपोलमार्फत उनलाई प्रहरीले थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको हो ।

उनीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरेर सरकारी वकिल कार्यालयले मुद्दा दायर भएको थियो ।

अधिकारीविरुद्ध ललितपुरका एकजना व्यवसायीले जाहेरी दिएका थिए । मुद्दामा अधिकारी सहित १० जना प्रतिवादी छन् । 

Share News