सामाजिक सञ्जालमा ग्रुप बनाई भिडियो पोष्ट गर्ने २५ जना युवा मोटरसाइकलसहित पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर गाली तथा धम्कीजन्य भिडियोहरू पोष्ट गर्ने २५ जना युवा पक्राउ परेका छन् ।

किङ्ग अफ बलान, किङ्ग अफ भगवानपुर, किङ्ग अफ लहान र किर्लस ब्रोदरजस्ता ग्रुप बनाएर उनीहरूले विभिन्न सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्ने गरेका थिए ।

सिरहा जिल्ला प्रहरी कार्यालयका अनुसार सप्तरी, बलान बिहुल गाउँपालिकाका १२ सिरहा, लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना र भगवानपुर गाउँपालिकाका ५ जना गरी २५ जना युवाहरूलाई नियन्त्रणमा लिइएको हो।

२१ वटा मोटरसाईकलसहित उनीहरू पक्राउ परेका हुन् ।

बिना हेल्मेट, कागजपत्र साथमा नभएको तथा बिना नम्बर प्लेटको प्रत्येक मोटरसाइकलमा ३(४ जना सवार गरिरहेको प्रहरीले जनाएको छ ।

राजमार्गमा होहल्ला तथा सामाजिक शान्ति भंग गरी समाजमा आतंक मच्चाइरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । 

Share News