काठमाडौं । झापाको दमकस्थित रतुवा खोलाको पुलमुनि फेला परेको शवको पहिचान खुलेको छ । शव दमक नगरपालिका ८ का बसन्त टोलकी २१ वर्षीय रमा तिवारीको रहेको झापा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता सुमन बानियाले जानकारी दिए ।
मृतकका अभिभावकले शवको पहिचान गरेर सनाखत गरिसकेको प्रहरीले जनाएको छ ।
तिवारी गत १३ गते घरबाट राति साढे ९ बजे घरबाट बाहिर निस्किएकी थिइन् । त्यसपछि उनी घरमा फर्किएकी थिइनन् ।
प्रहरीको अनुसन्धानमा उनी लागुपदार्थको कुलतमा लागेको हुनसक्ने देखिएको छ । विभिन्न व्यक्तिहरूलाई सोधपुछ गर्ने क्रम जारी रहेको प्रवक्ता बानियाले बताए ।
शनिवार बोराभित्र पोका पारेर राखेको अवस्थामा शव फेला परेको थियो ।
११ बजे झापा दमक नगरपालिका १० सेतुमाडीस्थित रतुवाखोलाको पुलमुनी बगिरहेको बोरामा पोको पारेको अवस्थामा शव फेला परेको हो ।
दुई-तीन दिन अगाडिदेखि नै शव पानीमा रहेर ढाडिएको अवस्थामा फेला परेको थियो ।