नेपाल बैंक र मेधर्म क्लिनिक्सबीच सम्झौता, ग्राहकलाई उपचारमा १५ प्रतिशत छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र मेधर्म क्लिनिक्स् प्रालिबीच स्वास्थ्य सेवा सहुलियत सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता जेठ १३ गते सम्पन्न भएको हो ।

सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारीहरूले काठमाडौ‌ंको दरबारमार्गस्थित मेधर्म क्लिनिक्स् प्रालिमा उपचार गर्दा विभिन्न सेवामा लाग्ने शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र मेधर्म क्लिनिक्स् प्रालिका प्रमुख कार्यकारी अधिकृत डा. अनुप सुवेदीले हस्ताक्षर गरेका छन् ।

यस सहकार्यबाट नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरूले सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास गरिएको छ ।

हाल नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २४६ एटीएम तथा ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले आधुनिक प्रविधि र सुधारिएको सेवा प्रणालीमार्फत प्रतिस्पर्धात्मक रूपमा बैंकिङ सेवा विस्तार गर्दै आएको जनाएको छ । 

Share News