५ अर्ब ७३ करोडको सेयर कारोबार, नेप्से २७८० मा चड्यो

काठमाडौं । बुधबार नेप्से एकल अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.६६ अंकले बढेर २७८०.२५ विन्दुमा पुगेको छ । 

आज ३४७ स्टकको ६२ हजार १४८ पटक कारोबारमा १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७३ करोड ८१ लाख ७८ हजार रूपैयाँको कारोबार भएको छ ।

आज कालिञ्चोक हाइड्रोपावरको सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै नेपाल रिइन्स्योरेन्सको सबैभन्दा धेरै ५.१८ प्रतिशतले घटेको छ । आज ६ उपसूचक घटेका छन् भने बाँकी बढेको छ । बैंकिङ ०.१३, वित्त १.१६, जलविद्युत ०.११ र लगानी ०.२० प्रतिशतले घटेको छ ।

विकास बैंक ०.६६, होटल तथा पर्यटन ०.१८, जीवन बीमा १.७३, उत्पादन ०.४२, माइक्रोफाइनान्स ०.४२, म्युचल फण्ड ०.०१,  निर्जीवन बीमा ३.३७ प्रतिशतले बढेको छ ।

कारोबार रकमको आधारमा बुधबार आँखु खोला जलविद्युतको सबैभन्दा धेरै ४४ करोड २३ लाख ७ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, दोस्रो धेरै कारोबार नेपाल रिइन्स्योरेन्स  कम्पनीको २१ करोड ८५ लाख रुपैयाँ कारोबार भएको छ । तेस्रोमा रिदी पावर कम्पनीको २० करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

Share News