काठमाडौं । पायोनियर मोटो कर्पले विराटनगरमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक गरेको छ ।
नेपालमा पहिले नै १ हजार ५०० भन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा ई ५ को सफलतालाई निरन्तरता दिँदै नयाँ ई ५ प्रो अझ उन्नत प्रविधि, प्रिमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको छ ।
नेपालमा लन्च भएदेखि नै ओमोडा ई ५ आफ्नो फ्युचरिस्टिक डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारण देशकै सबैभन्दा लोकप्रिय इलेक्ट्रिक एसयूभीमध्ये एक बन्न सफल भएको छ ।
सवारीमा ५१.६ किलोवाटको शक्तिशाली ब्याट्री रहेको छ, जसले एक पटकको फुल चार्जमा ४३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ ।
यस सवारीले ५ स्टार एनसीएपी (युरोपेली नयाँ कार मूल्याङ्कन कार्यक्रम) रेटिङ पाएको छ ।
यसमा ७ वटा एयरब्याग र १९ वटा एडीएस (उन्नत चालक सहायता प्रणाली) सुविधाहरू उपलब्ध छन् । यसको इन्टेरियरमा १५.६ इन्चको ठुलो टचस्क्रिन, प्रिमियम सोनी स्पिकर र ५० वाटको फास्ट वायरलेस चार्जर जस्ता अत्याधुनिक सुविधाहरू रहेका छन् ।
कम्पनीले ओमोडा ओमोडा ई ५ प्रोको सिंगल टोन भेरियन्टको मूल्य ५१ लाख ४९ हजार र डुअल टोनको ५१ लाख ९९ हजार तोकेको छ ।
यद्यपि सुरुवाती ग्राहकहरूले ४९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले एक वर्षको निशुल्क बीमा सुविधा उपलब्ध गर्ने समेत बताएको छ ।
आठवटा आकर्षक रङहरूमा उपलब्ध ओमोडा ‘ओमोडा ई ५ प्रो ले नेपाली विद्युतीय सवारीको बजारमा नयाँ तरंग ल्याउने अपेक्षा कम्पनीले गरेको छ ।