४ वटा जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारको स्वीकृति

काठमाडौं । सरकारले विभिन्न ४ वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले तल्लो अरूण जलविद्युत आयोजना, लोअर म्यादी खोला जलविद्युत आयोजना, हुन्सा खोला जलविद्युत आयोजना तथा ताँदी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको हो । 

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सरकारले जलविद्युत आयोजनाको निर्माण तथा पूर्वाधार विकासका लागि आवश्यक वन क्षेत्र प्रयोग गर्न अनुमति प्रदान गरेको जनाएको छ । यस निर्णयसँगै सम्बन्धित आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन कानुनी बाटो खुलेको छ ।

Share News