काठमाडौं । सुदन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा उनलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गुरुङको शपथग्रहण आजै हुने तय भएको छ । यसका लागि दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा शपथ समारोहको तयारी गरिएको छ ।
यसअघि सम्पत्ति विवरणलगायत विभिन्न विवादमा मुछिएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि सरकारले उनीमाथि लागेका आरोपबारे छानबिन गर्न समिति गठन गरेको थियो ।
छानबिन समितिले गुरुङलाई आरोपबाट मुक्त गर्दै प्रतिवेदन बुझाएपछि उनलाई पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्काउने निर्णय गरिएको स्रोतले जनाएको छ ।