सुधन गुरुङले भने : होसियार रहनुहोस्

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहणसँगै ‘होसियार रहनुहोस्’ भन्ने सन्देश दिएका छन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएपछि मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका गुरुङले सामाजिक सञ्जालमा ‘बी अवेयर’ अर्थात् ‘होसियार रहनुहोस्’ भन्ने सन्देशसहितको स्टाेरी राखेका हुन् ।

गुरुङ यसअघि पनि गृहमन्त्रीको जिम्मेवारीमा रहिसकेका छन् । भीआईपीहरूलाई पक्राउ गरेर चर्चामा आएका मन्त्री हुन् । 

त्यसबेला उनी विचौलियासँग मिलेर सम्पत्ति तथा सेयर खरिदबिक्री गरेको आरोप लागेपछि राजीनामा दिएका थिए । उनीमाथि छानबिन गर्न बनेको समितिले उनलाई दोषी नदेखाएपछि उनी आज पुनः गृहमन्त्री बनेका हुन् । 

Share News