एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन जना विजेतालाई सुनको बल हस्तान्तरण

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा सुन’ अभियान सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ । 

अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीन जना भाग्यशाली विजेता प्रमेश केसी, तिप्सिका राणा र सबिना थापालाई शुक्रबार काठमाडौंको कलंकीस्थित भाटभटेनी सुपरमार्केट परिसरमा आयोजित समारोहबीच जनही ३.५ तोलाको सुनको गोल्डेन बल हस्तान्तरण गरिएको छ । 

विश्वकप फुटबलको रोमाञ्चलाई नेपाली उपभोक्तासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानमा देशभरबाट १ लाख २० हजारभन्दा बढी उपभोक्ताले क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी सहभागिता जनाएका थिए । 

पुरस्कार ग्रहणपछि विजेताहरूले एक्सट्रिम इनर्जी ड्रिंकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता उपभोक्तामुखी अभियानहरू सञ्चालन गर्न अपेक्षा व्यक्त गरेका छन् । 

सोही समारोहमा एक्सट्रिम इनर्जी ड्रिंक र भाटभटेनी सुपरमार्केटको सहकार्यमा सञ्चालन गरिएको विशेष बाइक उपहार योजनाको लक्की ड्रसमेत सार्वजनिक गरिएको थियो, जसमा समिर चन्द्र शर्मा पौडेल भाग्यशाली विजेता घोषित भएका छन् । 

युवापुस्तामाझ लोकप्रिय बन्दै गएको यस इनर्जी ड्रिंक ब्रान्डले उपभोक्ताबाट प्राप्त उत्साहजनक सहभागिताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री तथा सिर्जनात्मक अभियानमार्फत नयाँ अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

Share News